‘०६२/६३ को जनआन्दोनबाट प्राप्त संस्थागत क्रान्तिलाई रक्षा गर्न उम्मेदवारी’– गणेशमान गुरूङ

पाेखरा | कात्तिक ७, २०७९

‘०६२/६३ को जनआन्दोनबाट प्राप्त संस्थागत क्रान्तिलाई रक्षा गर्न उम्मेदवारी’– गणेशमान गुरूङ

 

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्वर ३ (क) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङले २०६२/६३ को जनआन्दोलनबाट जनताले ल्याएको संस्थागत क्रान्तिलाई रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गुरूङले जनताले रगत बगाएर ल्याएको अधिकारसँगै संघीयतालाई मजबुत र बलियो बनाउनका लागि एमालेको सरकार हुनुको विकल्प नभएको बताए ।


सम्वन्धित क्षेत्र माछापुच्छ्रे गाउँपालिकाका ९ वटा वडा र पोखरा महानगरका ६ वटा वडामा मंसिर ४ गते हुने निर्वाचन केन्द्रित एमाले वडा कमिटिको विस्तारित बैठकमा उनले आफ्नो राष्ट्र र राष्ट्रियता बचाउन  तथा समग्र देशको विकासका लागि यो पटकको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्न स्थानियलाई जागरुक बनाउनका लागि एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 


उनले गणतन्त्र आएपछि काठमाण्डौं केन्द्रित सिंहदरवार गाउँ आएपनि जनताले त्यो सुविधा र सहजता आभाष गर्न नपाएको भन्दै स्थानिय स्तरमा सिंहदरवार आएको महसुस गराउनका लागि प्रदेश सरकारले पाउनुपर्नै अधिकारका लागि आफु र आफ्नो पाटी लागिपर्ने बताए ।


वडाका विस्तारित वैठकमा कास्की क्षेत्र नम्वर ३ बाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (क) का प्रदेश सभा उम्मेदवार गणेशमान गुरूङ, पार्टीका केन्द्रदेखि जिल्ला र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो ।


वडाका विस्तारित वैठकमा प्रत्येक वडामा एमाले वडा कमिटिका वडा अध्यक्षको संयोजकत्वमा  युवा परिचालन, महिला परिचालन, आर्थिक सङकलन, वृद्धवृद्धा परिचालन, अनुगमन लगायतका उपसमितिहरू गठन गरिएका छन् । 


यसैविच एमालेको चुनाव प्रचार कार्यक्रम अन्तर्गत दलित मुक्ति मोर्चाको क्षेत्रिय स्तरको भेला पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्